annapurna add

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ। 

छुटे ‘हामी यस्तै त हो नि ब्रो’ भिटेन

र्‍यापर भिटेन र शिल्पाको प्रेम सम्बन्ध...

'भिटेन' पक्राउ परेपछि कसले के भने ?

चर्चित र्‍यापर भिटेन पक्राउ

‘सरौतो’ को प्रोमोशनल गीत गाए 'भिटेन'ले

facebookभिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको स्राेतले जनाएकाे छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचन बोलेर भिडियो सार्वजनिक गरेकाले कारबाही गर्न निर्देशन दिएको हो। 

भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए।

यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरी उनलाई भिडियाे डिलिट गर्न लगाएको थियो।

आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिनाकारबाही रिहा गरेको थियो।

‘त्यहाँ प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्, प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको रहेकाे छ ।

साइबर ब्युरोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त भइसकेको बताएकाे छ।  उक्त भिडिओ अहिले नेपालको युट्युबमा टेन्ड्रिङको पहिलो नम्बरमा छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...