चौथो संस्करणका कतारी रियाल चलनचल्तीबाट हटाइँदै

कतारको केन्द्रीय बैंकले निष्काशन गरेको चौथो संस्करणको हाल चलनचल्तीमा रहेका कतारी रियाल आगामी जुलाई १ पछि नचल्ने भएको छ ।

कतारको केन्द्रीय बैंकले सो नोट जुलाई १ पछि चलनचल्तीबाट हटाउने निर्णय गरिसकेकाले नेपाल राष्ट्र बैंकले सो नोट भएमा सतही गर्न अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले कतारी रियाल भएका नेपालीले आगामी बैशाख २७ गते भित्र सटही गरिसक्न आग्रह गरेको हो ।
नोट सटहीका लागि बैंकले सम्बन्धित बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने प्रदेशस्थित कार्यालयहरु तथा विदेशी विनिमयको कारोबार गर्ने इजाजत प्राप्त संस्थाहरूबाट सटही गर्न सकिने जनाएको छ ।

ganesh Bk
http://kantipath.com

यो छुट्टाउनु भो कि..