सिभिल बैंकको सीईओमा सुनिलकुमार पोखरेल नियुक्त

सिभिल बैंकको सीईओमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन। बिहीबार साँझ बसेको सञ्चालक समतिको बैठकले पोखरेललाई ४ वर्षका लागि सिभिल बैंकको सीईओ पदमा नियुक्ति दिएको हो।

पोखरेलको कार्यकाल असार १८ गते मात्रै सुरु हुनेछ। गोविन्द गुरुङले राजीनामा दिएपछि यो खाली थियो। लगत्तै पोखरेललाई निमित्त सीईओको जिम्मेवारी पाएका थिए । त्यसअघि उनी डेपुटी सीईओ थिए।

पोखरेलसँग २० वर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेको अनुभव छ। उनले एनआईसी एसिया बैंक, नबिल बैंकमा पनि उनले उच्च पदमा रहेर काम गरेका छन्। म्यानमारको बैंकमा समेत काम गरेको अनुभव पोखरेलसँग छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..