कोरोना पिडित ऋणीका लागि राहत आउंदै

कोभिड–१९ का पीडित ऋणीले राहत तथा सुविधा पाउने भएका छन् । यसका लागि राष्ट्र बैंक आन्तरिक गृहकार्यमा जुटेको छ ।

राष्ट्र बैंकले गत वर्ष पनि कर्जाको साँवाब्याज भुक्तानीका लागि भाका बढाउनुका साथै कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा दिएको थियो । तीमध्ये केहीको अवधि पूरा भए पनि केही निरन्तर छन् ।

जसमध्ये कोभिड–१९ का कारण पुनःस्थापित हुन समय लाग्ने होटललगायत पर्यटन क्षेत्रका उद्योगी व्यवसायीले कर्जाको साँवाको किस्ता र ब्याज भुक्तानीका लागि २ वर्षसम्म म्याद पाएका छन् ।

यही साता सार्वजनिक गर्न लागिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा राहत तथा सुविधाका कार्यक्रम घोषणा गर्ने तयारी भएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..