लिलाममा बिक्रि हुदै जनता बैंकको हकप्रद सेयर

janta bankजनता बैंक लिमिटेडले ७ लाख ६७ हजार ५ सय ५२ कित्ता सेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। इच्छुक लगानीकर्ताले चैत १ देखि चैत १५ सम्म आबेदन दिन सक्ने सेयर निश्काशन तथा बिक्रि प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

लिलाम बढाबढमा बिक्रि गर्न राखिएको हकप्रदमा संस्थापक तर्फ ३ लाख ९६ हजार ५ सय २६ कित्ता र साधारणतर्फ ३ लाख ७१ हजार २६ कित्ता हकप्रद सेयर रहेको छ। बैंकले गत मङ्सिर १ देखि पुष १० सम्म ५० प्रतिशत हकप्रद बिक्रि खुला गर्दा संस्थापक तथा सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरि बिक्रि गर्न लागेको हो। बैंकले २ बराबर १ कित्ता सेयर अर्थात प्रति कित्ता १ सय रुपैयाँका दरले १ अर्ब ३ करोड रुपैयाँ बराबरको १ करोड ३ लाख कित्ता हकप्रद बिक्रि खुला गरेको हो। 

इच्छुक लगानीकर्ताले बिक्रि प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ कमलपोखरी काठमाण्डौमा चैत १५ गते बैंकिङ समय सम्म (३ बजे सम्म) आवेदन पेश गर्नु पर्ने छ। यो सेयरको न्युनतम १०० रुपैयाँबाट बोलकबोल सुरु गर्नुपर्ने छ।  इच्छुक लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतम १ हजार कित्तासम्म मात्र आवेदन गर्न पाउने छन। यो सेयर लिँदा १० ले भाग जाने अंककोलागि मात्रै आवेदन दिन पाईने बैंकले उल्लेख गरेको छ ।

बैंकले सबैभन्दा बढी रकम कबोल गर्ने आवेदनकलाई सेयर विक्री गर्ने छ। त्यस्तै लिलाममा राखिएका हकप्रद खरिद गर्न इच्छुक लगानीकर्ताले सनराइज बैंकमा रहेको एनसीएम मर्चेन्ट बैंकिङको खाता नम्बर ०६९००००१३२००१ मा रकम बुझाउन सक्ने छन। त्रिबेणी विकास बैंकसंग मर्जर प्रक्रियामा रहेकाले जनता बैंकको सेयर कारोबार कात्तिक १२ देखि रोक्का गरिएको छ।

५० प्रतिशत हकप्रद तथा १२ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ३ अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ।   मर्जर पश्चात दुवै बैंकको स्वाप रेसियो १:१ कायम गरिएको छ। मर्जर पश्चात बन्ने जनता बैंक नेपालको चुक्ता पुंजी ४ अर्ब ७२ करोड पुग्ने छ। मर्जरपश्चात बैंकले ६० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको छ।   ६० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ५५ करोड पुग्ने छ।

व्यवसाय विस्तारका हिसाबले दुवै बैंक मर्ज भएपश्चात शाखा तथा सिमित बैंकिड्ड इकाई र एक्स्टेन्सन काउण्टर गरी कुल ७१ स्थानमा बैंक सञ्चालनमा रहने छ भने कुल निक्षेप ३७०० करोड भन्दा माथि र कुल कर्जा रु. ३३०० करोड भन्दा माथि हुनेछ । मर्जर पश्चात यसै आर्थिक बर्षको अन्तसम्ममा बैंकको खुद मुनाफा ७५ करोड हुने विश्वास गरिएको छ । 

२०७३ फागुन १७ गते 

Kantipath Media

यो छुट्टाउनु भो कि..