विदेशी लगानी ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने (विनियमावलीको पूर्णपाठ)

विदेशी लगानी ल्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने भएको छ ।

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै सो व्यवस्था गरेको हो ।

माघमा तयार पारेको सो विनियमावलीलाई राष्ट्र बैंकले मंगलबार स्वीकृत गरेको हो ।

यससँगै अब विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुनेछैन ।

तर, विदेशी लगानी स्वीकृत भएपश्चात् विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुपूर्व, लिखित जानकारी भने दिनुपर्ने व्यवस्था गरिएको छ ।

सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन भने राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ ।

यस्तै, विदेशी लगानी हुने उद्योगरकम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची–४ मा उल्लेखित कागजात साथ एकाइमा निवदेन पेस गर्नुपर्ने भनिएको छ ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..