प्रहरीले विनाधितो राष्ट्रिय वाणिज्य बैंकबाट ‘पेसाकर्मी सरल कर्जा’ पाउने

नेपाल प्रहरीले विनाधितो राष्ट्रिय वाणिज्य बैंकबाट ‘पेसाकर्मी सरल कर्जा’ पाउने भएका छन्। नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच प्रहरीको तलबी बचत खाता सञ्चालन तथा विनाधितो पेसाकर्मी सरल कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झाैतापछि प्रहरी कर्मचारीले यो सुविधा पाउने भएका हुन्।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्रहरी कर्मचारीहरूका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाइजर हस्तान्तरण गरेका थिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..