राष्ट्र बैंकमा पहिलो पटक महिला डेपुटी गभर्नर नियुक्त

npbank

सरकारले निलम ढुङ्गाना र बम बहादुर मिश्रलाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बनाउने निर्णय गरेको छ ।

npbankमंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर बनाउने निर्णय गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर पदका लागि ब्यापक लबिङ हुँदै आएको थियो ।

डेपुटी गभर्नरको लागि निलम र बम बहादुरसहित कार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठ, डा गुणाकर भट्ट, देव कुमार ढकाल भुवन कँडेल, नेफिल मटाङ्गी मास्केलगायतको नाम चर्चामा थियो ।

गत फागुन १८ गते डेपुटी गर्भनरका रुपमा रहेका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि सो पद खाली रहेको थियो ।

राष्ट्र बैंकमा पहिलो पटक महिला डेपुटी गभर्नर नियुक्त भएको हो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..