annapurna add

काठमाडौं। नेपाल राष्ट्र बैंकले यस वर्ष बडादशैका अवसरमा नयाँ खुद्रानोट वितरण नगर्ने भएको छ। कोभिड—१९ को संक्रमण बढ्दै गएपछि राष्ट्र बैंकले यस वर्षका लागि नोट सटही नगर्ने निर्णय गरेको हो।

rst bankराष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा संक्रमण फैलिएका र नगद सटहका क्रममाहुने भीडभाडबाट हुने संक्रमण फैलिन सक्ने सम्भावना उच्च भएकाले आम नागरिकको स्वास्थ्य र संवेदनशिलतालाई ध्यानमा यस वर्ष वडादशैको प्रयोजनका लागि नयाँ नोट सटही नहुने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागद्वाारा जारी सूचनामा उल्लेख छ।

राष्ट्र बैंकले प्रत्येक वर्ष दशैका मुखमा सर्वसाधारणलाई नयाँ नोट सटही गर्दै आएको छ। यसअघि बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा नोट वितरण गर्दै आएको छ।

सर्वसाधारणहरुले प्रत्येक वर्ष ४० करोड हाराहारीमा नयाँ नोट सटही गर्दै आएका थिए।

नयाँनोट वितरण नगरे पनि सर्वसाधारणलाई खुद्रा नोट भने अभाव नहुने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए। बैंकहरु शाखामा सफा खुद्रानोट उपलब्ध हुने उनले बताए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार