राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद खाली

rastra bank

rastra bankनेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरूले अवकाश पाएका छन् । बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ दुबैले आजै (मंगलबार) बाट अवकाश पाएका हुन् । सिवाकोटी २०४४ साल र श्रेष्ठ २०४६ सालमा राष्ट्र बैंक प्रवेश गरेका थिए ।

यसअघि यी दुबै गभर्नरको आकांक्षी थिए तर अन्तमा सरकारले लगानी बोर्डको सिइओलाई (महाप्रसाद अधिकारी) राष्ट्र बैंकको गभर्नर बनायो । श्रेष्ठ आफ्नो कार्यकालमा केही विवादित बनेका थिए ।

तर उनले आफुलाई गभर्नरमा प्रतिस्पर्धा गर्न नदिन विवादित बनाएको अभिव्यक्ति दिँदै आएका थिए । अन्तमा उनले सफाइ पनि पाए ।

राष्ट्र बैंकमा अब डेपुटी गभर्नरको पद खाली भएको छ । राष्ट्र बैंकका सञ्चालक समितिमा डेपुटी गभर्नरहरू सदस्य रहने व्यवस्था छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..