नेपाल राष्ट्र बैंककी निर्देशक रेग्मी पक्राउ

susma regmi

नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई प्रहरीले काठमाडाैंकाे दरबारमार्गबाट पक्राउ गरेको छ।

susma regmiसुष्माले आफ्नी आमाको ३ करोड बढी सम्पत्ति लिएर हेरचाह नगरेको भन्ने जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले ‘८४ वर्षीया बृद्धा आमा उजुरी दिएपछि निर्देशक रेग्मीलाई पक्राउ गरिएको जानकारी दिए।

उनीविरूद्ध जेष्ठ नागरिक ऐन अन्तर्गत जाहेरी परेको एसएसपी सिंहले बताए।

रेग्मीलाई अनुसन्धान गर्न प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति पनि पाइसकेको छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..