स्वीस बैंकमा नेपालीको पैसा ४६ अर्ब ६४ करोड

स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक)ले पछिल्लो वार्षिक विवरण सार्वजनिक गरेको छ । जसमा नेपाल, भारत लगायतका मुलुकका नागरिकले गरेको बचतमा वृद्धि भएको देखिन्छ ।

गतसाता सार्वजनिक गरिएको विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ ।

सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको विवरण समेत जारी प्रतिवेदनमा उल्लेख छ । सन् २०२० मा भारतीयले स्वीस बैंकमा २०,७०० करोड भारु बचत गरेको पनि जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..