महिला लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने

mahila ipo arthasansar

महिला लघुवित्त वित्तीय संस्थाको आईपी आगामी शुक्रबार बाँडफाँड हुने भएको छ ।

mahila ipo arthasansarसंस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर आगामी शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको हो ।

गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूका छुट्टिएको थियो भने, बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

जसमा माग गरेभन्दा झण्डै ६३ प्रतिशतले नै बढि माग आवेदन परेको संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग ले जनाएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..