annapurna add

economic growth1

सरकारले लकडाउन खुकुलो बनाएसँगै अर्थतन्त्रले लय समातेको अर्थमन्त्री डा. युवराज खतिवडाले दावी गरेका छन्। नेपाल उद्योग परिसंघको सोमबार भएको १७ औं साधारणसभामा बोल्दै उनले अर्थतन्त्रले ८० प्रतिशत लय समातेको र भन्सार तथा आन्तरिक राजश्व र रेमिट्यान्स बढ्न थालेको जानकारी दिए। ‘अर्थतन्त्रले विस्तारै लय समात्न थालेको छ’ अर्थमन्त्री खतिवडाले भने, ‘आगामी आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको र त्यो पूरा हुने विश्वास छ।’

अर्थमन्त्रीले खतिवडाले उद्योगीसँग सरकारलाई साथ दिन आग्रह समेत गरे। ‘रिकभरीका लागि तपाईँहरु सरकारलाई साथ दिनुहोस्’ उनले भने ‘कोभिड १९ को समस्याबाट सर्भाइभका लागि सरकार साथ दिन्छ।’ निजी क्षेत्रका लागि सरकारले ७० अर्बले प्याकेज ल्याएको बताउदै अर्थमन्त्री खतिवडाले डेडिकेटर र ट्रक लाइनको व्यवस्था खारेजबाट १३ अर्ब रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई घाटा पर्ने उल्लेख गरे।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर