annapurna add

 kardata

जिल्ला सदरमुकाम चरिकोटमा आन्तरिक राजस्व कार्यालयको शाखा सञ्चालन भएपछि यसअघि काभ्रेको धुलिखेलबाट सेवा लिनपर्ने दोलखावासीको बाध्यता हटेको छ । जिल्लामा शाखा कार्यालय सञ्चालन भएपछि करदातालाई १०० किलोमिटर भन्दा बढीको यात्रा गरेर आन्तरिक राजस्व कार्यालय धुलिखेल जानु नपर्ने भएको छ ।

जिल्लाबाट सेवा शुरु भएसँगै करदाता सङ्ख्या थपिने र साना व्यवसायी पनि करको दायरामा आउने हुँदा अर्काे वर्ष करदाता हजार नाघ्ने अनुमान गरिएको छ ।

राजस्व कार्यालय सञ्चालनमा आएसँगै व्यक्तिगत पान, व्यवसायिक पान, भ्याट, रजिष्टेशन गर्ने, व्यवसाय दर्ता, खारेज, करचुक्ता प्रमाणपत्र प्रदान गर्ने, कर विवरण, आय विवरण, अन्तःशुल्क, विवरण बुझाउनेलगायतका सेवा लिन जिल्ला बाहिर जानु नपर्ने सहकारीकर्मी तथा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले कान्तिपथलाई बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार