annapurna add

11071541 1044376222240046 4254821376790715743 n

आज १५ असार । नेपालीहरुका लागि विशेष दिन । आजकै दिनबाट नेपाली समाजमा चाडबाडको सुरुवात हुन्छ । २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय दिवसको मनाउन थालिएको हो । हिलोदेखि ‘घृणा’ गर्नेहरुलाई हिलोसँग साक्षात्कार गराउने र कृषिप्रधान देशको झल्को दिने दिवसको रुपमा यो दिनलाई मनाइन्छ । अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान दिने र अधिकांश रोजगारीको स्रोत मानिने कृषि क्षेत्रलाई महत्व दिनु आफैंमा सान्दर्भिक पनि हो । तर धान दिवस मनाउन सुरु गर्दैगर्दा वर्षैपपिच्छे हामी कृषिजन्य वस्तुमा परनिर्भर भइरहेका छौँ । धान त्यसको एउटा गतिलो उदाहरण हो ।

चालु आर्थिक वर्षको ११ महिनामा मात्रै नेपालले ३० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । आर्थिक वर्ष २०७५/७६ को १२ महिनामा करिब ३२ अर्बको धान र चामल आयात भएको थियो । यो वर्ष भएको कुल आयातमा ९ अर्ब रुपैयाँ बराबरको धान आयात भएको छ भने २० अर्ब रुपैयाँ बढीको चामल रहेको छ । बीउबीजनको पयोजनको लागि पनि केही धान आयात भएको देखिएको छ । यो वर्ष समग्र आयात घटेको देखिए पनि धान र चामलको आयात भने घटेको देखिएको छैन । यसले कोरोनाभाइरसको प्रकोपबीच कृषिमा हाम्रो परनिर्भरता बढ्दै गएको देखिएको छ ।

104701829 313847642978550 4606122591747992654 o

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...