८४ प्रतिशत घर पुनःनिर्माण

विनाकसकारी गोरखा भूकम्पबाट क्षति भएका ८४ दशमलव ९५ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न भएका छन् । पहिलो किस्ता लिएका छ हजार १९४ मध्ये हालसम्म पाँच हजार २६२ पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

पछिल्लो समय कार्यालयले स्थानीय तह स्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याका विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसँग पुनःनिर्माणसम्बन्धी गोष्ठी सञ्चलान गर्न थालेसँगै कामले तीव्रता पाएको कार्यालयको भनाइ छ । पहिचान भएको लाभग्राहीमध्ये हालसम्म छ हजार १९४ पीडितले पहिलो किस्ता र पाँच हजार ४९३ जनाले दोस्रो किस्ता लिएका छन् ।

त्यस्तै जिल्लाभर ५१६ प्रवलीकरणका लाभग्राही छन् । कार्यालय प्रमुख धर्मेन्द्रकुमार झाले भन्नुभयो, “हामी स्थानीयस्तरसम्म पुगेर त्यहाँका समस्याका विषयमा जानकारी लिँदै सरोकारवाला पक्षसँग छलफलसमेत गरिरहेका छौँ, यसले काम चाँडो सम्पन्न गर्न निकै मद्दत गरेको छ, जिल्लामा अहिले पुनःनिर्माणले निकै राम्रो गति लिएको छ ।”

सरकार परिवर्तन भएसँगै काममा भने केही अन्योलता देखिएको कार्यालयको भनाइ छ । अघिल्लो सरकारले यही कातिक समान्तसम्म पूर्णरूपमा निर्माण सम्पन्न गर्ने परिपत्र गरेको भए पनि अछिल्लो समय कुनै पनि परिपत्र नआएको कार्यालयले जनाएको छ ।

कुस्तीका राष्ट्रिय खेलाडीको मृत्यु
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृत्यु भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो ।

“बिहान उठाउँदा नउठेपछि हेर्दा शिथिल अवस्थामा भेटेपछि हतारहतार महाकाली अस्पताल पु¥याएँ”, मृतकका बुवा खड्क भट्टले भन्नुभयो, “केही पनि भएको थिएन, अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गर्नुभयो ।” बुधबार मात्रै सुरेशले सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीमा जवान पदका लागि दरखास्त भरेर घर आएका थिए ।

कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलले होनहार खेलाडी गुमाएको बताउनुभयो । “आज बेलुकी ४ बजे प्रशिक्षणमा आउँछु भनेर बुधबार मात्रै भेटेर फर्किएको थियो”, प्रशिक्षक चन्दले भन्नुभयो, “खेलमा केही गर्छ भन्ने आशा थियो, निराश बनाएर गयो ।”

प्रतिघण्टा रु १३ हजार तिरेर सडक मर्मत
–दाने बोहरा

सिमकोट गाउँपालिकाले अविरल वर्षाले अवरुद्ध सडक खुलाउन प्रयास जारी राखेको छ । यसका लागि गाउँपालिकाले निजी एक्साभेटरलाई प्रतिघण्टा रु १३ हजार खर्च गरिरहेको छ ।
गाउँपालिकाका वडा नं १ दोजाम, २ ठेहे र ३ बरगाउँको बाटो भत्केको आठ महिना बितिसकेको छ । समयमा मरमत नगरिँदा सडक अवरुद्ध बनेको हो । अहिले स्थानीयवासीलगायत आवतजावतमा निकै समस्या भएको छ ।

भत्किएको सडक गाउँपालिका आफैँले मर्मत गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारीदिनुभयो । यतिखेर सिमकोट वडा ४ बुराउँसेबाट वडा नं ३ लाङदु बरगाउँ हुँदै वडा नं २ ठेहेसम्मको सडक मर्मत गाउँपालिकाले गरिरहेको वडा नं ३ का वडाध्यक्ष ताक्ला जिक्मेत लामाले बताउनुभयो । आन्तरिक पर्यटकका लागि रलिङ गुम्बा अति उत्तम स्थान मानिन्छ ।

सो स्थानमा जाने मुख्य बाटो भत्कँदा पर्यटकलाई आवतजावतमा निकै सास्ती भएको छ । सिमकोट –१ दोजामसम्म सडक निर्माण गरिसकेपछि मात्र एक्साभेटर फिर्ता भएर पर्यटकीय मार्ग रलिङ गुम्बा जाने सडक निमार्ण गरिने जनाइएको छ ।

सिमकोट–खार्पु सडकखण्ड अवरुद्ध

कर्णाली करिडोरको सिमकोट–खार्पु सडकखण्ड अवरुद्ध भएको छ । चार दिनदेखिको लगातार वर्षा भइरहँदा एक हप्तादेखि उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको छ । वर्षा बढेसँगै स्याम्ने खोलाको पानी सिधै कच्ची सडकमा पस्नुका साथै खोलामा रहेको सडक बाढीले अवरुद्ध बनाएको स्याम्नेगाउँका दख्खल महतले बताउनुभयो ।

खोला सडक भएर बगेको छ । सडकका धेरै ठाउँमा चिरा परेको छ । खोलाको पानीले करिब ३०० मिटर सडक बगाएको उहाँले जानकारी दिनुभयो । बाढीले सडक अवरुद्ध बनाउँदा यस क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई थप समस्या बनाएको छ । चिरा परेका सडकमा यातायात सञ्चालन गर्न सम्भव नभएको स्थानीयवासी चीन रावतले जानकारी दिनुभयो ।

सडक क्षतिग्रस्त हुँदा पनि मर्मत गर्न सरोकारवाला निकाय मौन रहेको उहाँले बताउनुभयो । क्षतिग्रस्त सडक सिमकोट गाउँपालिका, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनामध्ये कसले मर्मत गर्ने भन्ने अन्योल रहेको स्थानीयवासीले बताउने गरेका छन् । सडक अवरुद्ध भएपछि सर्वसाधारण पैदल हिँड्न बाध्य हुँदै आएका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..