तानसेनको निलसागर आश्रममा श्रेष्ठ परिवारद्धारा संरचना निर्माण

हरि जि.सी पाल्पा १७ श्रावण । तानसेनमा रहेको निलसागर सेवाश्रममा सुबिधायुक्त ट्रस्ट निर्माण भएको छ ।

हाल काठमाण्डौमा रहेका तानसेन भगवती टोल निवासी कोकिल गोबिन्द श्रेष्ठ र गीता श्रेष्ठले स्वर्गिय बाबा आमाको सम्झनामा ६ लाख बढीको सामग्री र भौतिक संरचना निर्माण गरि हस्तान्तरण गरेका हुन ।

शनिबार आश्रममा भएको एक कार्यक्रममा श्रेष्ठ परिवारका तर्फबाट भाइ सुनिल गोबिन्द श्रेष्ठ र सुनिता श्रेष्ठले निर्माण भएका संरचना हस्तान्तरण गर्नुभएको हो । आश्रममा आश्रितहरुलाइ बस्ने स्थान र खाना खादा जमिनमा बस्नु परेको थाहा पाए पछी आफुहरुले ट्रस्ट निर्माण गरिदिने निर्णय गरेको र खाना खाने कुर्सी, टेबल समेत प्रदान गरेको कोकील गोबिन्द श्रेष्ठले बताउनु भयोे ।

स्थापना भएको तिन महिनाको अवधीमा आश्रममा ३६ जना सहारा विहिनले सहारा पाइरहेका छन । हस्तान्तरण कार्यक्रममा बोल्दै आश्रमका पाल्पा संयोजक देब प्रसाद बज्राचार्यले मानबिय सेवाले स्थापित संस्थामा अहिले धेरै किसिमका समस्या रहेको बताउनु भयो ।

आश्रितहरुका लागी खाद्यान्न मुख्य समस्या रहेको बताउदै वहाले दाताहरुले स्वतस्फुर्त रुपमा प्रदान गरेको खाद्यान्नले गुजरा चलाउनु परेको बताउनु भयो ।

राज्यले वहन गर्नु पर्ने दायित्व आफुहरु जस्ता अभियन्ताले गरेको बताउदै सेवाश्रमका केन्द्रिय उपाध्यक्ष अमन निलसागरले आश्रम संचालनका लागी खाद्यान्न उपलब्ध गराइदिन बारम्बार अनुरोध गर्दा पनी कही कतैबाट सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

बांकेको नेपालगञ्जमा केन्द्रिय कार्यालय रहेको आश्रमका हाल सम्म ९ शाखा स्थापना भएका छन। पाल्पा लगाएत दांग, कोहलपुर , काठमाण्डौ, पोखरा लगाएतका स्थानमा स्थापित आश्रमहरुमा ५४० जनाले सहारा पाइरहेका केन्द्रिय अध्यक्ष सरिता निलसागरले बताउनु भयो ।

उनले कोही पनी मानब सडकमा रात काटन नपरोस भन्ने अभिप्रायले संस्था स्थापना गरिएको बताउदै यो अभियानमा धेरै सहयोगीहरु थपिदै गएकाले आगामी दिनमा आश्रम संचालनमा धेरै सहज हुने बिस्वास ब्यक्त गर्नु भयो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..