घरकुटी बन्यो बझाङको मोटरेवल पुल !

अर्थ जङ्ग शाही / बझाङ । यातायात संचालन भएको लगभग एक दुई महिना भएको छ ।
सदरमुकाम चैनपुर पानकोटमा सेती नदीमाथि मोटरेबल पुल निर्माण सम्पन्न भएको थियो ।
७० मिटर लम्वाई रहेको उक्त मोटरेबल पुल बन्दा पुल पारी र पुल वारिका बासिन्दाहरु हर्षित भएका थिए ।

यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ माइलाइट कन्स्ट्रक्सन प्रालिसंग करिब ९ करोड रुपैयाँमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो।

पुल नजिकै घर भएका एक बासिन्दा कैलास खड्कालाई हामीले सोधपुछ गर्दा खेरि, दुई दिनको बर्षाले त पिल्लरहरु बाङ्गो भएए चर्किए, यसरी बर्षा सधैँ हुने हो भने पुल पनि चर्किनसकेन समेत बताउन्छन् ।

आफ्नो पनि ट्याक्टर भएको हुनाले आफूलाई पुल केही हुने हो कि भनि डरत्रास लागिरहेको खड्काले बताएका छन्।
सो मोटरेपुलको जिम्मा ईलाईट कन्ट्रक्सनका प्रतिनिधी कपिल राईले पाएका थिए।

यस बिषयमा छिटो भन्दा छिटो प्रशासन निकाय र पुल पारि रहेका वडाअध्यक्षहरु लगायत नगरपालिकाले छिटो भन्दा छिटो निष्कर्ष निकालदिनु पर्यो भनेर स्थानियबासीहरू लागिपरेका छन्।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..