annapurna add

bakraha morangमोरङ – मोरङको पूर्वी क्षेत्रस्थित सुनवर्षी नगरपालिकाको वरङ्गामा बक्राहा खोलाको बाँध फुटेर बस्तीमा बाढी पसेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार सुनवर्षी नगरपालिका–७ हुँदै बगेको बक्राहा खोलाले सोमबार बेलुका करिब १५ मिटर बाँध फुटाएको हो ।

दिउँसोबाट खोलामा पानीको बहाव बढ्दो जानकारी पाएसँगै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिए पनि बेलुका बाँध फुटेको उनले बताए । सुनवर्षीको वरङ्गाबाट पश्चिम चैता र मल्धैयाको बिचमा पर्ने बाँध फुटेको हो । खोला बस्तीमा पस्दा मल्धैयाका चार परिवार विस्थापित भएको सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासले जानकारी दिए । बाँध फुटेपछि हाल सो क्षेत्रमा बसोबास गर्दै आएका करिब १५० सुकुम्बासी परिवार जोखिममा रहेको उनले बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...