भरतपुर महानगरले किसानलाई वितरण गर्न थाल्यो आधुनिक धान रोप्ने मेसिन

भरतपुर महानगरपालिकाले कृषिमा यान्त्रिकिकरण कार्यक्रम अन्तर्गत धान रोप्ने मेशिन वितरण गर्न थालेको छ । अभियान अन्तर्गत आज वडा नं २६ को बृहश्पति आधुनिक एग्रो फार्मलाई मेसिन हस्तान्तरण गरिएको मेयर रेणु दाहालले जानकारी दिईन । मेयर दाहालका अनुसार मेसिन ५०/५० प्रतिशतको साझेदारीमा हस्तान्तरण गरिएको हो । अभियानलाई निरन्तरता दिने दाहालले बताईन ।

केहि दिन अगाडी मात्रै शिवनगरमा १५ शय्याको आफनै अस्पताल स्थापना गरेको महानगरले पुन भरतपुर महानगर १९ शारदानगरमा १५ शय्याको कोभिड अस्पताल स्थापना गरी आईतबारबाट सेवा शुभारम्भ गरेको छ ।

भरतपुर महानगरपालिकाले शारदानगरमा रहेको स्वास्थ्यकेन्द्र लाई स्तर उन्नती गरी आफ्नै १५ शय्याको कोभिड अस्पताल स्थापना गरेको हो । अस्पतालमा आयोजित एक कार्यक्रमका बिच महानगर प्रमुख रेनु दाहालले अस्पतालको उद्धघाटन गरीन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..