पुर्व मन्त्री डा. लामाद्धारा निर्माण भई रहेका गुम्बाहरुको निरीक्षण

भारत सरकारको सहयोग र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा गुम्बाहरु पुन निर्माण भई रहेका छन् ।

हेलम्बु गाउँपालिका भित्र पर्ने ऐतिहासिक गुम्बाहरु २०७२ सालको महाभुकम्पले सबै गुम्बाहरु भत्कीएका थिए ।

गुम्बाहरुको निर्माणको लागि प्रथम योल्मो खेन्पो संबिधान सभा सदस्य एबम् (पुर्ब मन्त्री डा. ल्यारक्याल लामा) को निरन्तर प्रयास र पहलमा मेलम्ची घ्याङ गुम्बा, चिरी गुम्बा, तार्के घ्याङ गुम्बा, शेर्माथाङ गुम्बा बनि रहेको छ ।

यो कोभिड महामारीको समयमा पनि निरन्तर बनि रहेको गुम्बाहरुको निरीक्षण तथा भ्रमण पुर्व मन्त्री डा. लामा त्यसै गरी CLPIU राष्ट्रिय आयोजना निर्देशक श्याम किसोर सिंह, आयोजना उपनिर्देशक कोष नाथ अधिकारी सिन्धुपाल्चोक आयोजना प्रमुख सन्तोष कुमार निरौला लगाएत अन्य बिश्ष्टि ब्यक्तीहरुले गर्नु भएको छ ।

प्राचीन शैलिमा बन्ने सो गुम्बा नेपाल अधिराज्य भित्रको ऐतिहासिक गुम्बा बन्ने प्रथम योल्मो खेन्पो (पुर्ब मन्त्री ) डा. लामाले बताउनु भएको थियो।

साथै प्राचीन शैलिमा गुम्बा बन्न लागेको हुँदा हेलम्बु बाँसिका आम स्थानिय नागरीकहरुले खुशी ब्यक्त गरेका थिए ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..