मेलम्चीको पानी चैतसम्म काठमाडौँमा : कर्णालीका गरिबका लागि ३ महिने कार्यक्रम

सरकारले २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने घोषण गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा २०७८ चैत मसान्तसम्म काठमाडौंमा फेरि पानी झार्ने उल्लेख छ ।

अहिले मेलमचीमा आएको बढीले आयोजना रुग्ण बनेको छ । त्यसका लागि पर्याप्त बजेट व्यवस्था गरेको शर्माले जानकारी दिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने आर्थिक विधेयक ०७८ पेस गरेका छन् । मन्त्री शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत जारी गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्दै आर्थिक विधेयकमार्फत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष ०७८-७९ का लागि पेस भएको बजेटमा संशोधन गरेका हुन् ।

मन्त्री शर्माले विद्यमान गरिबी न्युनिकरण गर्ने, उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, समावेशी र समाजवाद उन्मुख गणतन्त्र स्थापना गर्नेलगायत उद्देश्यले बजेटमा संशोधन गर्नुपरेको बताए । उनले कर्णालीका गरिबहरुका लागि तीन महिनाभित्र योजना तयार गरी प्रस्तुत गर्ने र समाजमा विद्यमान विभिन्न प्रकारका विभेदलाई कम गर्न प्रभावकारी कार्यक्रम सञ्‍चालन गर्ने घोषणा गरे ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..