डलरको लोभमा जथाभावि गैरकानुनी गतिविधि

कुवेती आरोहीले तीन महिना अघि आमादव्लम हिमालको चुचुरोमा गैरकानुनी रुपमा कुवेतको झण्डा फहराएपछि विश्वभर नेपालको विरोध भयो। यो घटना सेलाउन नपाउदै फेरी सगरमाथाको चुचुरोमा अर्को कीर्तिमान भन्दै स्काइ डाइभिङ गरिने भएको छ।

everest top skyनेपालले हिमाल आफ्नो भनेर जे पनि गर्न पाइदैन भन्ने जस्ता नाराहरु लगाउदै विदेशी वातावरणकर्मीहरुले विरोध जनाएका थिए। पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले स्काइ डाइभिङ गर्न पाइने भन्दै प्रारम्भिक स्वीकृति दिएका छन्। कीर्तिमानको वहानामा फेरी विवादस्पत रुपमा सगरमाथा चुचुरोमा स्काइ डाइभिङ हुनुले नेपाल प्रति विश्वले नकरात्मक रुपमा सोच्न बाध्य हुनेछन्।


ट्रेकिङ एजेन्सीहरुले राज्यकै हितविपरीत डलरको लोभमा जथाभावि गैरकानुनी गतिविधि गर्न तल्लीन हुनु गतल भएको आरोहीहरुको आरोप छ । यस्तो कार्यले राज्यलाई नोक्सान पुर्याउने भन्दै एजेन्सीले समेत सोच्नु पर्ने सुझाव ।


ट्रेकिङ एजेन्सीहरुले गैरकानुनी रुपमा हुने काम गरे वापत बढी रकम असुल्ने र मनग्य आम्दानी गर्ने भए पछि राजनैतिक र सत्ताको दवावबाट समेत हिमालमा जथाभावि गैरकानुनी रुपमा कीर्तिमान राख्न प्रेरित गर्ने गरेको पाइएको छ । यस अघि वेलायती कम्पनी इलाइट हिमालय एड्भेन्चरले स्थानीय सेभेन समिट ट्रेकलाई प्रयोग गरेर २ लाख डलर असुलेर कीर्तिमान राख्ने कार्यक्रमको आयोजना गरेका थिए। तर सरकारसँग भने अनुमती समेत नलिई हिमालको चुचुरोमा गैरकानुनी काम गरेर लाखौ आम्दानी गरेका खुलेको थियो।

सरकारले गैरकानुनी काम गर्नेलाई कडा कारवाही गर्न सकेको छैन र यस्तो घटना थप मौलाउदै गएको छ । नेपालमा स्थानीय एजेन्टको रुपमा हिमालय गाइड्स ट्रेक कीर्तिमानको वहानामा फेरी सगरमाथा चुचुरोमा स्काइ डाइभिङ गराउन लागेको हो । भ्रमण बर्ष सफल बनाउने भन्दै वार्म स्प्रीङ प्रोडक्सन युएसएबाट मार्क पेरिले जहाजको सहयोगबाट हाम्फालेर चुचुरोमा पाइला टेकी नयाँ कीर्तिमान बनाउने प्रस्ताव राखे पछि हिमालयन गाइडले काम अघि बढाएको हो।

tm news kantipathगैरकानुनी र दुई देश विच सिमा रहेको सगरमाथामा जहाज उडाउन नसकिने र देशनै विवादमा फस्ने भन्दै पर्यटन विभागका निर्देशक एवं पर्वतारोहण शाखाका प्रमुख मिरा आचार्यले प्रारम्भिक स्वीकृति अस्वीकार गरेको थियो ।

तर माथिल्लो पहुँच पछि महानिर्देशक डण्डुराज घिमिरेलाई स्वीकृती दिन बाध्य बनाएर फेरी विवादस्पद गतिविधि सगरमाथामा गरिने पक्का पक्की भएको छ । यसरी ट्रेकिङ एजेन्सीहरुले राज्यकै हितविपरीत डलरको लोभमा जथाभावि गैरकानुनी गतिविधि गर्न तल्लीन हुनु गतल भएको आरोहीहरुको आरोप छ ।

यस्तो कार्यले राज्यलाई नोक्सान पुर्याउने भन्दै एजेन्सीले समेत सोच्नु पर्ने आरोही लाक्पा शेर्पाको सुझाव छ। यस्तो गतिविधिले नेपाल र हिमाल प्रति विश्वमाझ नकरात्मक सन्देश फैलिने भन्दै तत्काल रोक्न आरोहीहरुले सरकारसँग माग गरेका छन् ।

tm2020 news kantipath

Kantipath Media

यो छुट्टाउनु भो कि..