काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ । कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको काठमाडौँ महानगरपालिका–११ कार्यालयले जनाएको छ ।
सरकारी जग्गा…
जिल्लाको तीन स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा गरिएको छ । शनिबारदेखि थुलुङ दुधकोशी गाउँपालिका पनि साक्षर गाउँपालिका बनेको छ । गाउँपालिका केन्द्र मुक्लीमा आयोजित कार्यक्रममा गाउँपालिकालाई साक्षर गाउँपालिका…
दोलखाको वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानास्थित हनुमन्तेडाँडा यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको हनुमन्तेडाँडामा पछिल्लो समय दैनिक पर्यटकको चहलपहल…
सिन्धुली । सिन्धुलीमा ग्रामीण सडकको पहुँच विस्तार भएसँगै किसानले व्यावसायिक खेतीलाई जोड दिन थालेका छन् ।
वीपी राजमार्ग, मध्यपहाडी राजमार्ग र निर्माणाधीन मदनभण्डारी राजमार्गसँग जोडिएर जिल्लाको विकट ग्रामीण क्षेत्रमा…
बैतडी प्रहरीले बुधबार भागरथी भट्टको हत्यामा संलग्न भएको भन्दै १७ वर्षीय किशोरलाई सार्वजनिक गरेको छ । तर, भागरथीकी आमा…
प्रधानमन्त्री निवास बालुवाटामार आज साँझ मन्त्रिपरिषद बैठक बस्दैछ छ । दोस्रो चरणको कोरोना संक्रमणको लहरसँगै नयाँ प्रजातिको संक्रमणको जोखिम बढेको बेला सरकारले कस्तो कदम चाल्छ होला भन्ने चासो रहेको बेला मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिवारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे…
बार्सिलोनाले एथ्लेटिको बिल्बाओविरुद्ध गोलवर्षा गर्दै कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
खेलको ६०…
प्रविधिले हाम्रो जीवनलाई धेरै सजिलो बनाएको छ । तर, कहिलेकाहीँ प्रविधिको गडबडीले ठूलो समस्या पनि निम्त्याउँछ । गुगल म्यापको गडबडीका कारण इण्डोनेसियामा एक बेहुला अर्कै बेहुलीको घरमा बिहे गर्नका लागि पुगे । यतिसम्म कि उनले झण्डै–झण्डै अर्कै बेहुलीसँग बिहे गरिसकेका थिए ।
प्रविधिको गडकडीका कारण ती बेहुला अर्कै बेहुलीकहाँ पुगे…
चितवनको कालीगण्डकी साहित्य परिषद्ले पाँच साहित्यकारलाई सम्मानित गरेको छ । जिल्लामा लामो समय क्रियाशील साहित्यकारलाई परिषद्ले सम्मान गरेको हो । सम्मानित हुनेमा गोविन्दराज विनोदी, रामबाबु घिमिरे, ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’, धनराज गिरी र यमुना न्यौपाने अधिकारी रहनुभएको छ ।
साहित्यकार केशवराज आमोदीले पाँच साहित्यकारलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गर्नुभयो ।…