ओलीले मेरै टोलको थोत्रो कोत्र्याके सडकको शिलान्यास गरेछन, पत्तै नाइँ

KP Sharma Oli

KP Sharma Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकैपटक १६५ सडकको शिलान्यास गरे । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोहमा भर्चुअलमाध्यमबाट ओलीले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक हुने गरी १६५ सडकको शिलान्यास गरेका हुन् ।

ओलीले एकैपटक १६५ सडकको शिलान्यास गरेपछि लेखक खगेन्द्र संग्रौलाले त्यसबारेमा टिप्पणी गर्दै आफ्नै टोलको ‘थोत्रो कोत्र्याके’ सडकको पनि शिलान्यास गरिएको बताएका छन् । तर, यसबारेमा टोलबासीलाई जानकारी नभएको संग्रौलाले उल्लेख गरेका छन् ।

‘ओली सरले कुनकुन सडक गनेर त्यतिका १६५ थान सडकको एक्कैचोटी झ्याप्पै शिलान्यास गरे होलान् भनी म छक्क पर्याथेँ,’ संग्रौलाले ट्विटरमा लेखेका छन्, ‘मेरै टोलको थोत्रो कोत्र्याके सडकको शिलान्यास गर्न पनि भ्याएछन् । टोलवासीलाई पत्तै नाइँ !’

Kantipath Media

यो छुट्टाउनु भो कि..