चीनको नेतृत्वमा विश्वकै सबैभन्दा ठूलो व्यापार सन्धिमा हस्ताक्षर

115507540 dfb7db4e 2b26 4bbc a107 223baf8fdc51

चीनलगायत एशिया–प्रशान्त महासागर क्षेत्रका १५ देशहरुले आइतबार संसारकै सबैभन्दा ठूलो व्यापार सन्धिमा हस्ताक्षर गरेका छन्। यो व्यापार सन्धिमा सहभागी मुलुकहरुले वैश्विक अर्थतन्त्रको करिब एक तिहाई हिस्सा ओगट्छन्। ‘द रिजनल कम्प्रीहेन्सिभ इकोनोमिक पार्टनरशिप’ अथवा आरसीईपीमा देश सहभागी छन्। यसका साथै दक्षिण कोरिया, चीन, जापान, अस्ट्रेलिया र न्यूजील्याण्ड सहभागी छन्। यो व्यापार सन्धिले क्षेत्रमा चीनको गहिरो प्रभाव पर्ने विश्लेषकहरुले बताएका छन्।

यस व्यापारिक सन्धिमा अमेरिका र भारत भने सहभागी छैनन् र यसलाई चीनले नेतृत्व गरिरहेका छन्। यसअघि ट्रान्स–प्यासिफिक पार्टनरशिप (टीपीपी) नामको एक व्यापारिक सन्धिमा अमेरिका पनि सहभागी थियो। तर २०१७ मा राष्ट्रपति बनेको केही समयपछि, नै डोनाल्ड ट्रम्पले यो सन्धिबाट अमेरिकालाई अलग्याएका थिए। त्यो बेला त्यो सन्धिमा १२ देश सहभागी थिए, जसलाई पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको पनि समर्थन थियो। किनकी उनी त्यस व्यापारिक सन्धिलाई चिनियाँ वर्चस्वको जवाफका रुपमा बुझ्थे।

Kantipath Media

यो छुट्टाउनु भो कि..