५२ लाख ४१ हजार कित्ता सेयरका लागि आवेदन खुल्यो

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन आजबाट खुला भएको छ ।

कम्पनीले ५० हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन पाउनेछन् ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

यो सेयरमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकको इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

ganesh Bk
http://kantipath.com

यो छुट्टाउनु भो कि..