Hidden
आज एकैदिन ६ अर्वको शेयर कारोबार
नेपाली शेयर बजारमा विहीबार ६ अर्व रुपैयाँ भन्दा बढिको कारोबार भएको छ। यो नेपाली शेयर बजारमा एकैदिन कारोबार भएको रकमको ऐतिहासिक रेकर्ड हो।
यसअघि गत फागुनमा एकैदिन ४ अर्व ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। विहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३६.३२ अंकले बृद्धि हुँदा बजारमा १९८ कम्पनीका १ करोड ४० लाख कित्ता शेयर किनेबेचबाट ६ अर्व ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
विहीबार बजार खुलेदेखि नै नेप्से बढ्न सुरु गरेको थियो। अन्तिम समयसम्ममा नेप्से सूचक १७७८.१२ अंकमा पुगेको छ। नेप्सैसँगै सम्पूर्ण समूहगत परिसूचक पनि सकारात्मक देखिएको छ। सबैभन्दा बढि निर्जीवन जीवन बिमा समूह ३९९.१६ अंकले बृद्धि भएको छ।
प्रकासित मिति
Loading...
Loading...
Loading...