annapurna add

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (सोमवार) ६.३६ विन्दुले ओरालो लागेको छ ।

nepseहिजो (आइतवार) उछाल आएको बजारमा आज (सोमवार) झिनो अङ्कले नेप्से ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ६.३६ ओरालो लागेर दुई हजार १६९.०४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.७३ ले ओरालो लागेर ४१५.१५ मा पुगेको छ । कूल २०२ कम्पनीका एक करोड १६ लाख ४३ हजार ४२९ कित्ता शेयर पाँच अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ मूल्यमा कारोबार भयो । बजार पूँजीकरणका आधारमा आज शेयर बजार २९ खर्ब २१ अर्ब ५४ करोड बराबरको भएको छ ।

कारोबारका आधारमा आज (सोमवार) कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक ८.४२, जलविद्युत् २.१४, वित्त ५.६३, निर्जीवन बीमा ५२.४७ र अन्य ९.८५ विन्दुले उकालो लागेको छ । यस्तै बैंकिङ ११.२, व्यापार ३.७७, हाटल ०.१५, उत्पादन १००.५२, लघुवित्त ४.७३, जीवन बीमा ७६.३९ र सामूहिक लगानी कोषको भने विवरण केही देखिएको छैन ।

कारोबारका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४६ करोड आठ लाख ६८ हजार ८८६ बराबरको कारोबार भयो । नेपाल लाइफ इन्सुरेन्स ४० करोड ७१ लाख दुई हजार ५९९, नेपाल दूरसञ्चार कम्पनी ३७ करोड ७८ लाख १५ हजार २१५, शिखर इन्सुरेन्स २५ करोड ३३ लाख ४३ हजार ७३८, एनसिसी बैंक २५ करोड सात लाख ५१ हजार ८४०, हिमालयन डिस्टिलरी २३ करोड पाँच लाख ५१ हजार ८४०, एनआइसी एसिया २१ करोड पाँच लाख ७० हजार २९०, शिवम् सिमेन्ट १९ करोड ५७ लाख ५२ हजार ६५८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कारोबार भएका कम्पनीमध्ये ६९ कम्पनीको शेयर उकालो लागेको थियो भने ९१ कम्पनीको शेयर ओरालो लाग्दा १५ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन ।

कारोबारका आधारमा जानकी फाइनान्स ९.९६, किसान लघुवित्त ९.५०, नारायणी डेभलपमेन्ट बैंक ७.९४, राधी विद्युत् कम्पनी ५.१७ र शिखर इन्सुरेन्सका लगानीकर्ताले ४.९९ प्रतिशतले कमाए । त्यस्तै नेशनल माइक्रोफाइन्स ५.८४, नेपाल फाइनान्स ३.७०, एभरेष्ट बैंक ३.४१, मल्टीपर्पोज फाइनान्स ३.२७ र गुराँस लघुवित्तका लगानीकर्ताले २.९० प्रतिशतले गुमाए ।

कम्बोडियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण
कम्बोडिया सरकारले नेपाल सरकारलाई कोभिड–१९ व्यवस्थापनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा कम्बोडियाका स्थायी सचिव आउच बोरिथको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई ती सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।

दुई वटा विमानमा चार्टर्ड गरी नेपाल ल्याइएका विभिन्न १२ किसिमका स्वास्थ्य सामग्री कम्बोडियाले हस्तान्तरण गरेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा फेस मास्क २० लाख, फेब्रिक फेस मास्क एक लाख, एन ९५ मास्क २० हजार, चस्मा २० हजार, पीपीई सेट २० हजार, फेस शिल्ड २० हजार, सेफ्टी प्लाष्टिक जुत्ता एक हजार र थर्मल गन ५०० थान रहेका छन् ।

सो अवसरमा मन्त्री त्रिपाठीले सहयोगका लागि कम्बोडियाको सरकारलाई सहयोगका लागि नेपाल सरकारका तर्फबाट धन्यवाद दिनुभयो ।

कुशल नेतृत्वले समाजवादसम्म पुग्न सकिन्छ : मन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले उपयुक्त नीति, कार्यक्रम र कुशल नेतृत्वले नै समाजवादसम्म पु¥याउन सक्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले अहिले देश समाजवादोन्मुख रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी समाजवाद निर्माणको चरणमा आइपुगेका छौँ, त्यसैले उपयुक्त नीति र नेतृत्व आवश्यक छ ।” हरेक परिवर्तनका लागि नीति र नेतृत्व आवश्यक रहेको भन्दै उहाँले भन्नुभयो, “उपयुक्त नेतृत्व कुन भन्ने विषयका उत्तर दिन हामी यहाँ भेला भएका हौँ ।” उहाँले भन्नुभयो, “प्रधानमन्त्री बन्न जनताको र पार्टी अध्यक्ष बन्न कार्यकर्ता कहाँ जानुपर्छ । जसको नीति र नेतृत्व राम्रो छ जनताले उसैलाई प्रधानमन्त्री बनाउने बताउनुभयो । जनता कहाँ गएर नयाँ निर्वाचनमार्फत प्रधानमन्त्री बन्ने मौका दिएका छौँ ।”

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले लोकतन्त्रमा जनताको माझमा जाने काम तानाशाही नहुने बताउनुभयो । प्रधानमन्त्री केपी ओलीलाई सुशासन विरोधी भन्न नमिल्ने बताउँदै उहाँले प्रश्न गर्नुभयो, “जसले देशलाई जातीय रुपमा विभाजन गर्न हुँदैन भन्यो, भारतीय नाकाबन्दीको सामना गर्दै विकास निर्माणका नयाँ योजना लिएर अगाडि बढ्यो, त्यो मानिस कसरी सुशासन विरोधी हुन्छ ?” देशमा दण्डहीनता नियन्त्रण गर्दै सामाजिक विकास र पूर्वाधार निर्माणमा आफूलाई समर्पण गर्ने नेता कहिल्यै सुशासन विरोधी हुन नसक्ने उहाँको भनाइ थियो ।

सो अवसरमा नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, आनन्द पोखरेल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार सीता पौडेल, प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेल, नारायण अधिकारीलगायतले प्रधानमन्त्री केपी ओलीको कदमको स्वागत गर्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

अवैध काठसहित पक्राउ
दाङको देउखुरीमा अवैध सालको काठसहित आज दुई जनालाई पक्राउ गरिएको छ । राप्ती गाउँपालिका वडा नं ९ देवीकोटबाट रा १ त २३५१ नम्बरको ट्रयाक्टरमा बजार लैजाँदै गरिएको ३१ थान(३१.४९क्युफिट) सालको काठसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा राप्ती– ९ निवासी २२ वर्षीय जफर मियाँ र १९ वर्षीय मोहम्मद सरोज मियाँ रहेको डिभिजन वन कार्यालय देउखुरी दाङका सूचना अधिकारी प्रेमिलालप्रसाद साहले जानकारी दिनुभयो ।

काठ बोकेको ट्रयाक्टर र दुवै जनालाई वन कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...