करोडौँ रुपैयाँसहित पक्राउ परेका भीआइपी जुवाडेलाई नछाड्न सर्वोच्चको आदेश

supreme court jubatashnews kantipathकाठमाडौं– महाराजगञ्जमा जुवाको खालबाट पक्राउ परेका ६ जना जुवाडेलाई नछाड्न अदालतले आदेश दिएको छ।

‘बन्दीप्रत्यक्षीकरणका निवेदनहरु साथै राखि एकैपटक हेर्नुपर्ने देखिएकाले’ उनीहरु बुधबार नै छुट्न नपाएका हुन्। सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त आदेश दिएको हो।

रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, ठेकदार पवनकुमार गुप्ता, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा रहेका छन्।

पक्राउ परेका मध्ये ६ जना भीआईपी जुवाडेको तर्फबाट आइतबार अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो।

प्रहरीले छापा मार्ने क्रममा जुवाडेको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद गरेको थियो।

पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने प्रहरी तयारी छ ।

याे पनि पढ्नुहाेस् : ‘भीभीआईपी तास काण्ड’: हिरासतमै जुवाडेहरुको तिहार

गुण्डा नाइकेसहित ‘भीअाइपी’ जुवाडे छुटाउन सर्वोच्चमा रिट

महाराजगञ्ज जुवा काण्ड : खालबाट कुलेलाम ठाेकेर बचे पूर्व राज्यमन्त्री बानियाँ

पूर्व राज्यमन्त्री देखि गुण्डा नाइकेसहित २५ जुवाडे पक्राउ, कराेडाैँ बरामद( नामसहित )

 jubadii listnews

 

Kantipath Media

यो छुट्टाउनु भो कि..