annapurna add

काठमाडौं : नेपाली सेनाभित्र तीन उपरथी पद रिक्त हुन पुगेकोे छ । भर्खर मात्र मुख्यालयले नेपाली सेनाको हवाई महानिर्देशनालय (११ नं. बाहिनी) का उपरथी जर्नेल सुधीर श्रेष्ठलाई ‘कोर्ट अफ ईन्क्वायरी’मा परेपछि उनले राजीनामा दिएका छन् । यस्तै नैतिक आचरणका कारण उपरथी भुवन अधिकारीले राजीनामा दिएपछि अर्को पद रिक्त रहेको छ । यस्तै अर्का उपरथी शिवराम खरेलको २०७६ पुस २४ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएका पछि सो पद पनि रिक्त हुन थालेको हो ।

NP ARMYNEWSप्रधानसेनापति पूर्णचन्द्र थापाले अनुशासनको डण्डा चलाएसँगै सेनाभित्र कतिपय सेनाका अधिकृतहरुले जागिरबाट हात धुनुपरेको अवस्था छ । उनले सेनाभित्र व्याप्त रहेको वेथितिलाई हटाउने निर्णय गरेसँगै सेनाका अधिकृतहरु जागिरबाटै बाहिरिने क्रम बढ्दो छ । यसरी जागिरबाटै हात धुनेहरुमा पूर्व प्रधानसेनापतिका छोराहरु समेत रहेका छन् । शैक्षिक प्रमाणपत्र काण्डदेखि यौन दुर्व्यवहारको काण्ड तथा भ्रष्टाचारको काण्ड लागेर धेरै सेनाका अधिकृतहरुले जागिर छोडिसकेका छन् ।

भर्खरै ‘कोर्ट अफ ईन्क्वायरीमा परेका जर्नेल श्रेष्ठमाथि नेपाली सेनाको जहाज खरिद, स्पेयर्स पाटपूर्जा खरिद बिक्री लगायत सेनाको भण्डारमा रहेको जिन्सी सम्पत्ति जथाभाबी बेच्ने गरेको आरोप लागेको छ । अहिले मुख्यतया नेपाली सेनाले नयाँ खरिद गरेका हवाईजहाजका पार्ट्सपुर्जा निजी क्षेत्रका कम्पनीहरूलाई बच्ने गरेको, पुराना पार्टस्पुर्जाहरूको मर्मत गरी हवाईजहाज उडाउने गरेको, थोत्रा सामानहरूबाट हवाईजहाज उडाएर भीआइपी र यात्रुहरूको जीवन नै जोखिममा पार्ने कार्य गर्दै आएको, मर्मत–सम्भारमा समेत बढी कबोलका बोलपत्रका प्रस्तावहरूलाई स्वीकृत गर्ने गरेको कार्यको नेतृत्व उनै उपरथी श्रेष्ठले गर्दैआएको रहस्य खुलेको छ ।

यसपछि विभिन्न अनियमितता र भ्रष्टाचारजन्य कार्यको छानबिनका लागि सैनिक मुख्यालयको ठाडो आदेशमा उपरथी श्रेष्ठमाथि ‘कोर्ट अफ इन्क्वायरी’मा परेको श्रोतको दाबी छ । यससँगै सैनिक मुख्यालयले उपरथी श्रेष्ठलाई तुरुन्त राजीनामा गर्न र यदि राजीनामा अलमल गरे ‘कोर्टमार्शल’बाट सैनिक सेवाबाट बर्खास्त गर्न सक्ने चेतावनी दिएपछि उपरथी श्रेष्ठले २०७६ पुस १ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । उनीमाथि लामो समय एउटै विभाग विभिन्न तहमा रही पचासौं करोडको अकुत सम्पत्ति कमाएको आरोप लाग्दै आएको छ ।

उता नेपाली सेनामा पूर्णचन्द्र थापापछि रोलक्रममा प्रधानसेनापतिको लाइनमा रहेका उपरथि प्रभुराम शर्माले सम्पत्ति विवरण बुझाएका छन् । शर्माले बुझाएको सम्पत्ति विवरणमा राष्ट्रिय वाणिज्य बैंक विशालबजारमा १९ लाख रूपैयाँ नगद रहेको र नबिल बैंकमा ४७ हजार अमेरिकी डलर (करिब साढे ५३ लाख रुपैयाँ) रहेको जनाएको छ । ती रकम सैनिक सहचारी हुँदा तथा विदेश तालिम तथा तलवभत्तामार्फत प्राप्त भएको जनाएका छन् । उनीसँग हाल बैंकमा करिब साढे ७२ लाख रुपैयाँ रहेको देखिएको छ ।

यस्तै शर्माले सम्पत्ति विवरणमा आफूसँग १३.५ तोला सुन र २० तोला चाँदी रहेको उल्लेख गरेका छन् । सुन र चाँदीको स्रोतमा उनले पैतृक तथा केही तलव भत्ताबाट खरिद गरेको उल्लेख गरेका छन् । त्यसैगरी काठमाडौं र ललितपुरमा १३।३ रोपनी जग्गा र काठमाडौंको नागार्जुन–४ मा ६ आना जग्गामा साढे दुई तलाको घर देखाएका छन् ।

यसैगरी आमाकै नाममा काठमाडौंको नागार्जुन–४ मा ८.५ रोपनी तथा नागार्जुन–६ मा ४ रोपनी जग्गा, श्रीमती सुनिता शर्माको नाममा ललितपुर–१५ मा ८ आना जग्गा देखाएका छन् । उनी सन् २००८ देखि २०११ सम्म बंगलादेशस्थित नेपाली दूतावासमा सैनिक सहचारीका रूपमा रहेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...