annapurna add

General Insurance nepal pXuqZz3rs2

नयाँ निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) को बिक्री खुला भएको छ । आइतबार बिहान १० बजेदेखि सो शेयरका लागि आवेदन खुला भएको हो । जनरल इन्स्योरेन्सले आफ्नो ७० करोडको जारी पुँजीलाई १ अर्बको चुक्ता पुँजी बराबर पु-याउन ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।

३० करोड बराबरको ३० लाख कित्ता शेयरमध्ये जनरल इन्स्योरेन्सले १ लाख २० हजार कित्ता शेयर आफ्ना कर्मचारीलाई र १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोष (म्युचुअल फण्ड) लाई छुट्याइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री हुनेछ । २ वर्षअघि स्थापित जनरल इन्स्योरेन्सले हाल देशभरका ३९ शाखामार्फत् देशभर कारोबार सञ्चालन गर्दै आएको छ । जनरलले आर्थिक वर्ष २०७५÷७६ मा ३३ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेर पनि घाटामा रहेको कम्पनीले २०७६/७७ मा भने २.२५ रुपैयाँ बराबरको प्रतिशेयर आम्दानी गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।

आगामी ३ वर्षभित्र इन्स्योरेन्सले ३० रुपैयाँ प्रतिशेयर आम्दानी हासिल गर्ने लक्ष्य लिएको छ । गतवर्ष १०१.६ रुपैयाँ नेटवर्थ भएको कम्पनीको शेयर १ सय १ रुपैयाँदेखि ३ सय ५ रुपैयाँसम्ममा कारोबार हुन सक्नेछ । जनरल इन्स्योरेन्सको समकालीन कम्पनीको रुपमा आएको अजोड इन्स्योरेन्सको शेयर अहिले दोस्रो बजारमा ५ सय रुपैंया भन्दा धेरैमा कारोबार भइरहेको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...