annapurna add

काठमाडौं । पूर्व पर्यटन मन्त्री आनन्द पोखरेल, नेपाल उद्योग बाणिज्य महासंघ निवर्तमान अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष ज्ञानेन्द्रलाल लगायत प्रवर्धक रहेको नेपाल हाइड्रो डेभलोपर कम्पनीले साधारण शेयरको निष्काशन भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका तीन लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको हो। 
 nepal hydro developer min

कम्पनीमा पोखरेलको एक करोड ३५ लाख रुपैयाँ लगानी रहेको छ। उनले एक लाख ३५ हजार कित्ता शेयर लिएका हुन। त्यस्तै मुरारकाको दुई करोड ४३ लाख र प्रधानको ४ करोड ३८ लाख रुपैयाँ लगानी रहेको छ। प्रधान कम्पनीको कार्यकारी अध्यक्ष छन्। 
 

कम्पनी दोलखा भिमेश्वर स्थित चर्नावति खोलामा साढे तीन मेगावाटको चर्नावती खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि उत्पादन समेत भइ रहेको छ। प्रति मेगावाट १९ करोड १० लाख रुपैयाँक लागतमा आयोजना निर्माण भएको हो। 
 

कम्पनीले साउन २७ गते शेयर निष्काशन गरि छिटोमा ३२ गते र ढिलोमा भदौ २५ गते बिक्री बन्द गर्ने जनाएको छ। कम्पनीको शेयरमा न्युनतम ५० कित्ता देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ। 
 

कम्पनीले जारी गरेको साधारण शेयर मध्ये दुर्इ प्रतिशत (७ हजार ८०० कित्ता) कर्मचारीको लागि र सामुहिक लगानी कोषहरुको लागि पाँच प्रतिशत (१९ हजार ५०० कित्ता) आरक्षित गरिएको छ।
 

चर्नावती खोला जलविद्युत आयोजनाले २०७० जेठ २४ गतेदेखि ब्यापारिक उत्पादन गर्दै आएको छ। कम्पनीले आर्थिक बर्ष २०७०/७१ देखिनै मुनाफा आर्जन गर्दै आएको छ। साधारण शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्ने छ। जसमा ७५ प्रतिशत संस्थापक शेयर धनीहरुको, १० प्रतिशत आयोजना प्रभावितहरुको र १५ प्रतिशत सर्बसाधारण शेयर धनीको स्वामित्व रहनेछ।
 

एनएमबि क्यापिटल नागपोखरी र नेपाल हाइड्रो डेभलोपरको कार्यालय डिल्ली बजारबाट कम्पनीको आपिओ आवेदन दिन पाइनेछ। साथै आस्वा सुविधा भएका सबै बैंक तथा वित्तिय संस्थाबाट शेयर आवेदन दिन मिल्छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...