शेयर बजार तीब्र उतारचढाव, ४.४१ अंकको गिरावटसंगै १२७४.५९ अंकमा बन्द

 काठमाडौँ । मंगलबार शेयर बजार तीब्र उतारचढावबीच बन्द भएको छ । मंगलबार कारोबारको सुरुवाती समयमा १ अंकले उक्लिएको बजार आधा घन्टामै  १७ अंकले तल झरेको थियो ।

 
१७ अंकको गिरावटपछि बजार पुन फर्किएर ५ अंकसम्म उकालो लग्यो । मध्यान्नपछि बजार फेरि गिरावटकै दिसा उन्मुख भएर १२६५ अङ्क सम्म ओंर्लियो । १ बजे पछि बजार केहि सम्हाँलिदा नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक परिसूचक ४.४१  अंकको गिरावटसंगै १२७४.५९ अंकमा बन्द भएको छ ।   

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्सपनि आज घटेको छ ।१.१५ अंकको गिरावट संगै  सेन्सेटिभ इन्डेक्स २७६.४९ अङ्कमा झरेको छ ।

सोमबारको तुलनामा कारोबार रकम १० करोडले घटेको छ । हिजो ५० करोड माथिको कारोबार भएकोमा आज १० लाख कित्ता शेयर ४० करोडमा खरिद बिक्री भएका छन् । आज सबैभन्दा बढी प्रभु बैंक र नेपाल बंगलादेश बैंकको शेयर खरिद बिक्री भए । प्रभुको २ करोड ७२ लाख र बंगलादेश बैंकको २ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

आजको कारोबारमा उपसूचक मिस्रित देखिएका छन् । कारोबारको बीच समयसम्म बैंक समूह हरियो रहेकोमा कारोबारको अन्तिम समयमा भने रातो हुँदा परिसूचक नै नकारात्मक भएको छ ।

बैंक समुहमा १.६५  अंक, जलविद्युत समुहमा २७.१६, बीमामा ९३.४९  र शून्य समुहमा ०.८७ अंकले झरेका छन् । होटेल र बिकास बैंक परिसूचक भने आजको कारोबारमा बढेका छन् । होटेल ३३.५४ र बिकास बैंक समूह २.३८ अंकले बढेको छ ।

आजको कारोबारमा तीन कम्पनीले करिब १० प्रतिशत कमाएका छन् । कालिका माइक्रो ,सगरमाथा इन्स्योरेन्स र वोमी माइक्रो फाइनान्सले करिब १० प्रतिशत कमाएका हुन् । आज दिब्येश्वरी हाईड्रोपावर कम्पनीका शेयरधनीले सबैभन्दा बढी करिब १० प्रतिशत  गुमाए ।            

प्रकासित मिति : २०७३ फागुन ३ गते  

Kantipath Media

यो छुट्टाउनु भो कि..