सर्वोत्तमको आईपिओ जारी हुँदै : एकै कित्ताको ७ सय ५० रुपैयाँ

Sarbottam Logo 01 Jev9W6bP43

Sarbottam Logo 01 Jev9W6bP43

सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ सिस्टममार्फत ६० लाख कित्ता बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर संस्थागत लगानीकर्ता,स्थानीय जिल्लावासी र कर्मचारी तथा अन्य सर्वसाधारणका लागि आईपीओको रुपमा जारी गर्ने भएको हो ।

कम्पनीका अनुसार कुल ६० लाख कित्ता सेयर मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताहरुका लागि,८ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता सेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको हो ।

पहिलो पटक बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न लागेको कम्पनीले आईपीओको प्रति कित्ता सेयर मूल्य कम्तिमा ७ सय ५० रुपैयाँ रहने जनाएको छ । कम्पनीको आन्तरिक मूल्याङ्कनका आधारमा न्यूनतम सेयर मूल्य ७ सय ५० हुने अनुमान गरिएकोमा संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट अझ बढ्ने सक्ने जनाएको छ । सिमेन्टको आईपीओमा लगानीकर्ताले न्यूनतम ६० कित्ता सेयरका लागि आवेदन दिनु पर्ने बताइएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..