annapurna add

बुधबार सेयर बजारमा उछाल देखिएको छ । प्रि-ओपनिङ सेसनमै ५ अंकले बढेर खुलेको सेयर बजारमा बजार परिसूचक नेप्सेसँगै कारोबारमा पनि उछाल देखिएको छ । कारोबार खुल्ला भएको १ घण्टामै बजारमा एक अर्बभन्दा माथिको कारोबार भएको छ । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

बिमा र हाइड्रोपावर तथा अन्य समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । ११ बजेर ५९ मिनेटसम्ममा बजारमा २१ लाख ८६ हजार ३८१ कित्ता सेयर किनेबच हुँदा एक अर्ब ६ करोडमाथिको कारोबार भएको छ । भने नेप्से २१.२८ अंकले बढेर १५०६.२८ अंकमा पुगेको छ ।

कारोबार सुरु भएको पहिलो एक घण्टामै ६ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा राधी विद्युत् कम्पनी, अरुण भ्याली हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, नेपाल पुनर्बिमा कम्पनी, अरुण काबेली हाइड्रोपावर र वरुण हाइड्रोपावर छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...