सिद्दार्थ बैंकको चुक्ता पुंजी ६ अर्ब ८८ करोड पुग्ने, ३० प्रतिशत हकप्रद प्रस्ताब पारित

गत आर्थिक बर्षको कमाईबाट ३९ प्रतिशत बोनस दिने प्रस्ताब पारित गर्दै सिद्दार्थ बैंकको १५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। फागुन ५ मा ट्रेड टावरमा आयोजना गरिएको सो साधारणसभाले बोनसपछि कायम चुक्ता पुंजीबाट ३० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब समेत पारित गरेको छ। 

सो साधारणसभाले संचालक समितिमा संस्थापक सेयरधनीबाट ४ जना र साधारण सेयरधनी तर्फबाट ३ जनाको चयन गरेको छ। नव निर्वाचित संचालकहरुमा संस्थापक सेयरधनी तर्फबाट मनोजकुमार केडिया, नरेन्द्रकुमार अग्रवाल, वीरेन्द्रकुमार साह र दिनेश शंकर पालिखे रहेका छन् ।  त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित संचालकहरुमा महेशप्रसाद पोखरेल, हेमन्त ज्ञवाली र राजेशकुमार केडिया रहेका छन् । 

सिद्दार्थ बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कमाईमा उल्लेख्य प्रगति गरेको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा बैंकले ५२ प्रतिशतले खुद मुनाफा बढाएर ७४ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  यस अघि बिक्रि गरेको २५ प्रतिशत हकप्रद र गत आर्थिक बर्षको कमाईबाट वितरण गरेको ३९ प्रतिशत बोनस सेयर पुंजीकृत पश्चात बैंकको चुक्ता पुंजी ५ अर्ब २३ करोड रुपैयाँ रहेको छ।  

आजको साधारणसभाले पारित गरेको ३० प्रतिशत हकप्रद वितरणपश्चात बैंकको चुक्ता पुंजी ६ अर्ब ९० करोड पुग्ने छ। बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी ८ अर्ब पुर्याउनु पर्ने छ। बैंकले यस आर्थिक बर्षको कमाईबाट कम्तिमा १६ प्रतिशत बोनस सेयर वितरण गरेपनि उसको चुक्ता पुंजी ८ अर्ब पुग्ने छ।  बैंकले हाल नेपालभर ६३ शाखा, ८२ एटिएम र विभिन्न ६९ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।  बिजपाटी सहकार्य 

प्रकासित मिति :  २०७३ फागुन ६ गते 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..