युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सेयर आजदेखि निष्काशन

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सेयर आजदेखि निष्काशन गरिएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले १७ लाख २५ हजार कित्ता साधारण सेयर यहि फागुन १९ देखि निष्काशन गरेको हो। 

united Modi

युनाइटेड मोदीको आइपीओ भर्न इच्छुक लगानीकर्ताले फागुन आज देखि आबेदन बुझाउन सक्ने छन। लगानीकर्ताले छिटोमा फागुन २३ र ढिलोमा चैत ३ सम्म आइपीओ भर्न सक्ने कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ। लगानीकर्ताले प्रति कित्ता १ सय रुपैयाँका दरले न्युनतम ५० कित्ता तथा अधिकतम १५ हजार कित्ता सेयरका लागि आबेदन दिन सक्ने छन। 

इच्छुक लगानीकर्ताले निम्नलिखित संकलन केन्द्रबाट आबेदन बुझाउन सक्ने छन:    कम्पनीले निष्काशन गर्न लागेको १७ लाख २५ कित्ता मध्ये ८६ हजार २ सय ५० कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने ३४ हजार ५ सय कित्ता सेयर कर्मचारीको लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताका लागि १६ लाख ४ हजार २ सय ५० कित्ता सेयर छुट्याइएको छ।  

त्यस्तै आस्वा प्रणालीमा आबद्द सबै बैंकहरुबाट समेत लगानीकर्ताले आबेदन दिन सक्ने छन। हाल यस प्रणालीमा रहेका ४१ बैंक तथा वित्तीय संस्थाका ७३ जिल्लामा रहेका १९७१ शाखा कार्यालय मार्फत लगानीकर्ताले आबेदन दिन सक्ने छन।  

यसअघि आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर निष्काशन गरि सकेको छ। कम्पनीले आयोजना प्रभावित पर्वतवासीका लागि गत भदौ ६ देखि असोज ९ सम्म ११ लाख ५० हजार कित्ता सेयर निष्कासन गरिसकेको छ। कम्पनीमा  १० प्रतिशत स्थानीय, १५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत प्रवद्र्धकको सेयर हुने छ । हाल सो कम्पनीले १० मेगावाट क्षमताको तल्लो मोदी आयोजना सञ्चालन गरिरहेको छ भने १० मेगावाट क्षमताको तल्लो मोदी–२ निर्माणको तयारी गरेको छ । 

Kantipath Media

यो छुट्टाउनु भो कि..