भाटभटेनी खोल्ने कर्मचारीलाई ऐन, सत्तानिकट मालिक मिनबहादुरलाई चैन !

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई चार लाख जरिवाना तिर्न आदेश दिएको छ ।निषेधाज्ञाको उल्लंघन गरेको भन्दै यस्तो आदेश दिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार ४ लाख रुपैयाँ जरिवाना गराइएको काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । अध्यादेशअनुसार व्यक्तिले निषेधाज्ञा उल्लंघन गरेमा एक लाख र संस्थाले उल्लंघन गरे पाँच लाखसम्म जरिवाना तिराउन सक्ने व्यवस्था रहेको छ ।

सोमबार नै निषेधाज्ञाको उल्लंघन गर्दै भाटभटेनी खोलेपछि कोटेश्वर शाखाका म्यानेजर सागर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । बिहान ९ बजेसम्म खुल्ने समय तोकिए पनि दिनभर भाटभटेनी खुला गरेको सूचनाका आधारमा अनुगमन गर्न गएको स्टोर खुला गरेको पाएपछि पक्राउ गरी जरिमानाको आदेश दिएको हो ।

दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरका मालिक मिनबहादुर गुरुङ हुन् ।

मिनबहादुर गुरुङ प्रधानमन्त्री केपी ओलीका निकटका व्यवसायी मानिन्छन । स्टोर खोल्न आदेश दिने मिनबहादुरलाई सत्ता र शक्तिको आडमा छुन नसकेको प्रशासनले स्टोरमा काम गर्ने एक कर्मचारीलाई भने धरपकड गर्दै समातेर ४ लाख जरिवाना गराएको छ । मिनबहादुर कै आदेशमा सरकारी निर्णयको उल्लङ्घन गर्न निरिह बनेका कर्मचारीहरु आफ्ना म्यानेजर पक्राउमा परेपछि निरास बनेका छन्।

कान्तिपथको सम्पर्कमा आएकी उक्त स्टोरकी एक कर्मचारीले भनिन, ‘सानालाई ऐन, ठुलालाई चैन’ भन्थे हो रहेछ । विवादास्पद व्यवसायी मिन बहादुर गुरुङ बालुवाटार जग्गा प्रकरणमा पनि मुछिएका छन् । उनको बालुवाटारस्थित जग्गा मन्त्रिस्तरिय निर्णय अनुसार २० दिन पछि सरकारीकरण हुदैछ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..