१६ खर्ब हाराहारीको बजेट अध्यादेशबाट ल्याउदै सरकार

चौतर्फी विरोधका बीच सरकारले अन्ततः अध्यादेशबाटै आज पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ। संसद् भंग गरिएको संकटपूर्ण घडीमा अध्यादेशबाट बजेट ल्याउन नहुने भनेर विपक्षी दललगायत विभिन्न पक्षबाट खबरदारी भइरहेका बेला सरकारले बजेट सार्वजनिक गर्न लागेको हो।

बजेटमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधि सभा र वैशाखमा हुने स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक पुनरुत्थान प्याकेज, वृद्धभत्ता वृद्धिका कार्यक्रम समेटिएको अर्थ मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्।

अर्थ मन्त्रालयको गृहकार्यअनुसार १६ खर्ब रुपैयाँ हाराहारीको बजेट सार्वजनिक गर्ने तयारी छ। शनिबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अर्थमन्त्रीले बजेट भाषण गर्ने तयारी छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..