नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

chandra dhakal wins fncci senior vp 1024x683

उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । विजयी भएका ढकालले एसोसिएटमा ५२२, बस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् ।

पराजित भएका अर्का प्रत्यासी किशोर प्रधानले एसोसिएटमा ३७५, बस्तुगतमा ३९ तथा जिल्ला नगरमा ५३ मत पाए ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन् । गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनलसहित चुनावी मैदानमा थिए । अब अर्को कार्यकालमा ढकाल अध्यक्ष बन्ने छन् ।

बागलुङको अमलाचौरमा २०२२ असारमा जन्मिएका चन्द्रप्रसाद ढकालले २०४५ सालमा राष्ट्रिय वाणिज्य बैंकमा सहायक स्तरमा जागिर सुरु गरेका थिए। बाल्यकालमै पिता गुमाएका उनको काँधमा आफ्ना भाइहरूको भविष्यको समेत जिम्मेवारी थियो।

अन्ततः उनी जागिरबाट सन्तुष्ट हुन सकेनन् र ५ वर्षपछि जागिर छाडेर व्यवसायमा लाग्ने निधाे गरे। यसपछि उनले २०५० सालतिर कोल्ड स्टोर हुँदै कार्गो व्यवसाय थाले। व्यवसाय धेरै राम्रो हुँदै गयो। व्यवसाय बढाउँदै उनले २०५८ सालमा इन्टरनेसनल मनिट्रान्सफर (आईएमई) पनि स्थापना गरे। त्यसले उनलाई व्यावसायिक क्षेत्रमा स्थापित नै गरायो।

त्यसपछि उनी निरन्तर अगाडि बढिरहे। रेमिटेन्स, बैंकिङ, इन्स्योरेन्स, पर्यटन, पूर्वाधार, जलविद्युत्, सूचना प्रविधि, अटोमोबाइल, केबलकारलगायतमा उनको लगानी छ। उनी हरेक व्यवसयाको चेन बनाउँदै अघि बढिरहेका छन्।

उनी नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध भएको चाहिँ १० वर्ष भएको छ। यस क्रममा उनले महासंघका विभिन्न समितिको जिम्मेवारी सम्हालिसकेका छन्। गत कार्यकाल उनी एसोसिएटतर्फको उपाध्यक्षमा निर्विरोध निर्वाचित भए। योपटक उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..