नेपाललाई कोरोनाविरुद्ध लड्न चीनले थप ९ करोडको सामग्री सहयोग गर्ने

कोरोना महामारी सामना गर्न चीनले आकस्मिक सहयोगस्वरूप नेपाललाई थप ९ करोड रुपैयाँबराबरका स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। कोरोना संक्रमितको उपचारका क्रममा अक्सिजनको हाहाकार भएपछि नेपालले तत्काल अक्सिजन प्लान्ट उपलब्ध गराउन गरेको आग्रहबमोजिम चीनले ५ मिलियन आरएमबी (करिब ९ करोड ८ लाख रुपैयाँ) आकस्मिक सहयोग दिने घोषणा गरेको हो।

अर्थ मन्त्रालय र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) बीच गत शुक्रबार भएको भिडिओ कन्फरेन्समा नेपालले अक्सिजन प्लान्ट सहयोग गर्न आग्रह गरेको हो। त्यस क्रममा सिड्काका उपाध्यक्ष बोकिङले नेपाललाई थप ५ मिलियन आरएमबी सहयोग गर्ने घोषणा गरेका हुन्।

यसअघि चीनले नेपाललाई ३ हजार ५ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर दिने घोषणा गरिसकेको छ भने यसअन्तर्गत पहिलो चरणमा ४ सय थान सिलिन्डर र १० थान भेन्टिलेटर ल्याइसकिएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..