राप्रपा अध्यक्ष राणाकी छोरी देवयानी कोकाकोलाको उपाध्यक्ष नियुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा बहुराष्ट्रिय कम्पनी कोकाकोला भारतकी उपाध्यक्ष नियुक्त भएकी छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोकाकोलाले केही दिनअघि देवयानीलाई भारत र दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार र दीगोपना मामिलामा काम गर्ने गरी उपाध्यक्ष नियुक्त गरेको हो।

यसअघि उनी कार्टरपिलर इन्डियामा भारत, नेपाल र भुटानका लागि जनसम्पर्क निर्देशक थिइन्। त्योभन्दा अघि उनले संयुक्त राष्ट्र संघीय विकास नियोग (युएनडिपी) लगायत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गरेकी थिइन्।

देवयानीले सरकार र कर्पोरेट सम्बन्ध, रणनीतिक व्यापार, जोखिम व्यवस्थापन र सञ्चारमा झन्डै साढे २ दशकसम्म काम गरेकी छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..