तोरी उत्पादनमा वृद्धि

1544677185

1544677185जिल्लामा तोरी उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन बढेको हो ।

गत वर्ष जिल्लामा १२ हजार २६२ हेक्टर क्षेत्रफलमा १२ हजार ३०६ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा १४ हजार ७१४ दशमलब ४ मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिनुभयो ।

त्रिपाठीका अनुसार जिल्लामा यस वर्ष तोरीको उत्पादकत्व प्रतिहेक्टर १ दशमलब २ प्रतिशत रहेको छ । गत वर्ष उत्पादकत्व एक प्रतिशत रहेको थियो । यसवर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन वढेको उहाँले बताउनुभयो ।

जिल्लाको इच्छाकामना गाउँपालिका–७ र अन्य छ वटा पालिकामा तोरी खेती गरिँदै आएको छ । जिल्लाका किसानले तोरी खेतीमा बढी मात्रामा एमोनियम सल्फेट प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । यसको प्रयोगले तेलको उत्पादन बढी हुने गरेको कार्यालयले जनाएको छ । रासायनिक मलको सट्टामा किसानले यसको प्रयोग गर्ने गरेको भए पनि यसले माटोको उर्बराशक्तिमा कम हुने उहाँले बताउनुभयो ।

विशेषगरी खैरहनी र माडी नगरपालिकामा धेरै तोरी खेती गरिँदै आएको छ । सिँचाइको सुविधा भएका ठाउँमा तोरी राम्रो उत्पादन भएको उहाँले बताउनुभयो । नेपालमा लगाइने बालीमध्ये छैटौँ बालीको रुपमा तोरी बालीलाई लिइने गरिन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले यो छैटौँ बाली हो । धान, मकै, गहुँ, कोदो, कोसेबालीपछि तोरीलाई लिने गरिएको छ ।

नेपालमा दुई लाख ६० हजार ३०७ हेक्टर क्षेत्रफलमा तेलहन बाली गरिँदै आएको छ । यहाँ वार्षिक दुई लाख ८० हजार ५३० मेट्रिक्टन उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । तेलहन बाली गरिने क्षेत्रमध्ये ९० प्रतिशत क्षेत्रमा तोरी खेती गरिने गरेको छ । दश प्रतिशत क्षेत्रफलमा सूर्यमुखी, सरस्यूँ, तिल, आलसजस्ता तेलहन बाली गरिने गरिन्छ । कैलाली, बर्दिया र दाङमा विशेषगरी तोरी खेती बढी गरिन्छ । पहिलेपहिले तोरीका लागि प्रख्यात जिल्ला मानिएको चितवन पछिल्ला वर्षमा भने उत्पादन घट्दै गएको थियो ।

प्रदेश प्रमुख कलौनीबाट ‘प्रजातन्त्र दिवस’को शुभकामना
कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले आज मुलुकभरि मनाइँदै गरेको ‘७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस’ नेपालमा १०४ वर्ष लामो निरंकुश जहाँनिया राणा शासन अन्त्य भई नेपाली जनताले प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिनको रूपमा स्मरण गर्नुभएको छ । उहाँले प्रजातन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण वीर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

जारी सन्देशमा प्रदेश प्रमुख कलौनीले भन्नुभएको छ, “इतिहासका विभिन्न कालखण्डमा नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट हामीले प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरी सुशासन कायम गर्न र हामीले अपेक्षा गरेको समृद्धिको सपना साकार गर्न एकाकार भएर अघि बढ्नु आजको आवश्यकता हो ।”

सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध गरी स्वच्छ, सुखी र समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्याई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एकजुट हुनुपर्नेमा जोड दिनुभएका उहाँले दिवसले प्रजातान्त्रिक मूल्य र मान्यतालाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..