पत्रकार महासंघ दोलखाद्वारा पत्रकार कल्याणकारी काेष संचालन

विश्वब्यापी कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाले पत्रकारको रक्षार्थ पत्रकार कल्याणकारी काेष (Journalist welfare found) संचालनमा ल्याएको छ । कोरोना महाब्याधीको समयमा पनि फ्रन्टलाईनमा बसेर समाचार संकलन र सम्प्रेषणमा लागि पर्ने पत्रकारको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर कोष संचालनमा आएको महासंघका जिल्ला अध्यक्ष दिपशंकर चौलागाईंले बताए ।

कान्तिपथसंग चौलागाईंले भने, ‘कोरोना भाईरसवाट धेरै पत्रकारहरु संक्रमित भएका छन् र कतिपयको दुःखद निधन पनि भएको छ । यो संकटको घडिमा दोलखाका पत्रकारहरु पनि उच्च जोखिममा छन् । कुनै पनि बेला संक्रमित हुन सक्ने हुँदा जोखिम न्यूनिकरण तथा सँक्रमित भईहाले उद्धार र उपचारका लागि सहयोग जरुरी छ ।’

कलमजीविहरुको जीवन रक्षार्थ सेञ्चुरी कमर्सियल बैंक चरिकोट शाखामा रहेकाे खाता नं 0110005355CA मा रहेको पत्रकार कल्याणकारी काेष (Journalist welfare found) मा रकम जम्मा गर्न सकिने चौलागाईंले जानकारी दिए । अहिले देश/विदेश बाट सहयोग जुट्ने क्रम जारी छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..