एमालेको होहल्लाका बीच बजेटसम्बन्धी तीन विधेयक पारित

प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ । एमाले सांसदको अवरोधका बीच शुक्रबारको बैठकबाट आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक ​बहुमतले स्वीकृत भएको हो । ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो । तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।

सांसद प्रेम सुवालले बजेट अध्यादेश फिर्ता गरियोस् भन्ने प्रस्ताव गरेका थिए। तर अर्थमन्त्री रोस्ट्रममा पुगेपछि सुवालले आफ्नो प्रस्ताव फिर्ता लिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले बजेट अध्यादेश पेस गर्न अर्थमन्त्री शर्मालाई अनुमति दिए। त्यसलगत्तै ध्वनिमतबाट बजेट अध्यादेश बहुमतले स्वीकृत भएको सभामुखले घोषणा गरे। तर सुवालले आफूले प्रस्ताव फिर्ता नगरेको बताउँदै पेसै गर्न नपाएको गुनासो गरेका थिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..