अक्सिजन सिलिन्डर लिन चीन जाँदै वाइडबडी

अक्सिजन सिलिन्डर ल्याउन आज नेपाल वायु सेवा निगमको वाइडबडी ३३० जहाज चीन जाने भएको छ। जहाज आज राति साढे ११ बजे काठमाडौंबाट चीनको राजधानी बेइजिङका लागि उड्ने र अक्सिजन सिलिन्डर लिएर मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने समय–तालिका रहेको नेपाल वायु सेवा निगमले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको बताइएको छ।

चीनबाट जम्मा २० हजार सिलिन्डर ल्याउने तयारी सरकारले गरेको छ। तर पहिलोपटक ४ सय थान मात्र ल्याउन लागिएको हो। कोरोना संक्रमण ह्वात्तै बढेपछि अहिले देशमा अक्सिजन सिलिन्डरको अभाव भइरहेको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..