एन्टोनी ग्रिजम्यानले पनि छाडे बार्सिलोना

  • 5 months अगाडि

एन्टोनी ग्रिजम्यान पुनः एट्लेटिको मड्रिड फर्किएका छन्। एट्लेटिकोले ग्रिजम्यानलाई एक वर्षका लागि लोनमा ल्याएको हो। यसअघि सन् २०१९ मा ग्रिजम्यान एट्लेटिकोबाट बार्सिलोना गएका थिए । उनका लागि बार्सिलोनाले १०७ मिलियन पाउण्ड स्ट्रर्लिङ तिरेको थियो।

उनले यसअघि एट्लेटिकोका लागि २५७ खेलमा १३३ गोल गरेका थिए। एट्लेटिको मड्रिडले एक वर्षका लागि लोनमा ल्याएका ग्रिजम्यानको पारिश्रमिक तिर्नु पर्नेछ भने अर्को वर्ष अनिवार्य रुपमा उनलाई स्थायी अनुबन्धित गर्नु पर्नेछ।

फ्रेन्च खेलाडी ग्रिजम्यानले बार्सिलोनाका लागि १०२ खेलमा ३५ गोल गरेका छन्। आर्थिक रुपमा संघर्ष गरिरहेको बार्सिलोनाबाट यो सिजनमा ग्रिजम्यानसहित ११ जना खेलाडी बाहिरिएका छन्।