४ नेताले भोट नहाल्दा २ भोटले हारे गुरुराज: कोइरालाले मागे माफी !

  • 1 month अगाडि

नेपाली काँग्रेस प्रदेश १ को अधिवेशनमा संस्थान इतर पक्षका चार नेताले मतदान गरेनन् । काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान नगरेका हुन् । तर संस्थापन इतर पक्षका प्रदेश सभापतिका प्रत्यासी गुरुराज घिमिरे २ मतले पराजित हुन पुगे ।

उनीहरु मतदान स्थलमै पुगेको भएपनि मतदान नगरेको पाइएको छ । केन्द्रीय नेताहरू सिटौला, मिनेन्द्र रिजाल, अमृत अर्यालले भने मतदान गरेका थिए। प्रवक्ता विश्वप्रकाश शर्मा भने मतदान गर्न पनि एका थिएनन्। सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा बाजी मारे । तर आफू पक्षीय चार नेताले मत नहालिँदा ८४२ मत पाएका घिमिरेलाई २ मत अपुग भयो ।

कोइरालाले प्रदेशमा मत हाल्दा केन्द्रमा चुनाव लड्न पाइँदैन कि भनेर मत नहालेको उनको सचिवालयले जनाएको छ । तर काँग्रेस निर्वाचन समितिले मतदान गर्दा केन्द्रमा उम्मेदवार बन्न नरोक्न बतायो थियो । काँग्रेसको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार प्रदेशमा चुनाव लडेकाले मात्र केन्द्रीय कार्यसमितिका लागि उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

कोइरालाले प्रदेश अधिवेशनमा मतदान नगरेकोमा माफी मागेका छन् । प्रदेश १ को अधिवेशन कोइरालासहितका केन्द्रीय नेताहरूले मतदान गरेका थिएनन् । कोइरालानिकट उम्मेदवार गुरुराज घिमिरे सभापतिमा २ मतले पराजित भएपछि सामाजिक सञ्जालमा आलोचना तीब्र भएको छ । ट्वीटरमार्फत स्पष्टीकरण दिँदै शेखरले केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने भन्ने विषय सुरूदेखि नै संशयमा रहेको र कानुनी परामर्श गर्दा मतदान नगर्नु उपयुक्त हुने सुझाव आएको बताएका छन् । उनले आफूबाट भएको कमजोरीप्रति क्षमा याचना गरेका छन् ।

उनले लेखेका छन्, ‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने/नपाउने विषय शुरु देखि नै “संशय” थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो।तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें।यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।’